९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ताले आधा सिलिण्डर ग्यास नभरिदिँदा अहिले समस्या देखियोः उद्योगसचिव दुवाडी



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालमा ग्यासको परिमाणमा अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण बजारमा अभाव देखिएको बताउनुभएको छ ।

मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सचिव दुवाडीले यस्तो बताउनुभएको हो ।

उहाँका अनुसार आधा सिलिन्डर ग्यास वितरण गरिएका बेला धेरै उपभोक्ताले ग्यास नभराएकाले ठूलो संख्यामा सिलिन्डर रिफिल हुन सकेका थिएनन् । पूर्ण १४ किलोको सिलिन्डर वितरण सुरु भएपछि ती सिलिन्डर एकैपटक बजारमा आउँदा वितरण प्रणालीमा चाप परेको उहाँको भनाइ छ ।

पछिल्लो तीन महिनाको तथ्यांकअनुसार कम्तीमा ७० लाख सिलिन्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिन्डर मात्रै रिफिल भएर वितरण भएको सचिव दुवाडीले जानकारी दिनुभयो । यस अवधिमा करिब २३ लाख सिलिन्डर रिफिल हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यसअघि मासिक ४६–४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढेर करिब ६० हजार मेट्रिक टन पुगेको छ । आधा सिलिन्डरबाट पूर्ण सिलिन्डर वितरणमा फर्किएपछि एकैपटक ठूलो संख्यामा सिलिन्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उहाँको दाबी छ ।

सचिव दुवाडीले ग्यासको थप आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनाका लागि अतिरिक्त ग्यास उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो । हाल करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था भएको र साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उहाँले बताउनुभयो ।

उहाँले अहिलेको तथ्यांक हेर्दा ग्यासको परिमाण नै अत्यधिक अपर्याप्त रहेको भन्दा पनि बजारभित्रको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

सचिव दुवाडीका अनुसार ४१ जिल्लामा ग्यासको समस्या धेरै नरहेको भए पनि २८ जिल्लामा केही समस्या देखिएको छ । करिब आठ जिल्लामा भने विशेष व्यवस्थापन र निगरानी आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले ग्यासको आपूर्ति र बजारभित्रको सिलिन्डरको सर्कुलेसनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।




भर्खरै