१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अब पास हुन्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब पास हुने बताउनुभएको छ । 

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबुल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले अब पारित हुने बताउनुभएको हो । 

एमसीसी टेबुल भएपछि संसदबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीले सोधेको एमसीसी कहिले पास हुन्छ ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीको संक्षिप्त प्रतिक्रिया दिनुभयो, ‘अब पास हुन्छ।’

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी पेस भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभएको हो । 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिकाबीच सरकारका तर्फबाट सदनमा उक्त सम्झौता पेस भएको हो ।