२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरः नेपालमा डेल्टा प्रजातिको नयाँ म्युटेन्ट फेला



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको रतीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको हो ।

पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएकाले थप सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।