२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् पुतली गणना अभियान सुरु-तस्बिरहरू एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे छलफल भएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो ।

चीनका राष्ट्रपतिले विश्वकपको पूर्ण सफलताको कामना गर्दै कतारले खेलको सफल आयोजना गरेर आफ्नो योग्यता प्रस्तुत गरेको बताउनुभयो । उहाँले आजको अनिश्चित विश्वमा त्यसले ताजा र सकारात्मक उर्जा दिएको बताउनुभयो । कतारी अमिरले राष्ट्रपतिको शुभकामनाका लागि कृतज्ञता ज्ञापन गर्दै विश्वलाई आज अरब संसारको क्षमता र भावनाबारे जान्न खेलहरू आवश्यक भएको बताउनुभयो ।

चिनियाँ कम्पनीले विश्वकपका लागि मुख्य रङ्गशाला निर्माण गरेको तथा दुई वटा पाण्डाको कतार आगमनले खेलकुदको उत्सवमय वातावरणमा नयाँ आकर्षण थपिएको बताउँदै कतारी अमिरले त्यसबाट आफ्नो देश र चीनबीचको मैत्रीलाई थप सुदृढ तुल्याएको विचार व्यक्त गर्नुभयो ।