काठमाडौं । माओवादी केन्द्रले गठबन्धन सरकारमा पठाउने थप चार मन्त्री निश्चित बनाएको छ। मओवादी केन्द्रले देबेन्द्र पौडेल, सुरेशकुमार राई ‘हिमाल’, सन्तकुमार थारु र पार्वती विशुङ्खेलाई मन्त्री बनाउने भएको हो ।
विशुङ्खे यस अघि राज्यमन्त्री बनेकी थिइन भने पौडेल, राई र थारु मन्त्री बनेका छैनन्। मधेसबाट पनि एकजना सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी छ।
तर, टुङ्गो लाग्न बाँकी रहेको माओवादीले जनाएको छ।