काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर विरोध गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेतावनी दिएका हुन्। ‘सांसद भीम रावलले संसद्मा जसरी एमसीसी राष्ट्रघाती भन्नु भयो , यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्मा पेस भएको हो के उहाँ केपी ओली मुर्दावाद भन्नेर संसद्मा नारा लगाउन सक्नुहुन्छ ?’ थापाले प्रश्न गरे।
त्यस्तै, महामन्त्री थापाले विरोधमा उत्रिएका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरुद्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे।
अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने थापाको भनाई छ।