१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न – ओली, प्रचण्ड र माधव नेपाल मुर्दावाद भन्न सक्नुहुन्छ ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसीसी टेबल गर्नु राष्ट्रघाती हो भनेर विरोध गर्नेलाई आफ्नै नेताविरुद्ध पनि नारा लगाउन चेतावनी दिएका छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा उनले यस्तो चेतावनी दिएका हुन्।  ‘सांसद भीम रावलले संसद्‌मा जसरी एमसीसी राष्ट्रघाती भन्नु भयो , यो एमाले अध्यक्ष केपी शर्मा ओलीको समयमा संसद्‌मा पेस भएको हो के उहाँ केपी ओली मुर्दावाद भन्नेर संसद्‌मा नारा लगाउन सक्नुहुन्छ ?’ थापाले प्रश्न गरे। 

त्यस्तै, महामन्त्री थापाले विरोधमा उत्रिएका माओवादी नेताहरुले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध र एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष माधव नेपालविरुद्ध यस्तै नारा लगाउन सक्छन् भनी प्रश्न गरे। 

अब बस्ने फागुन १२ गतेको संसद् बैठकमा छलफल गरेर मतदानबाटै एमसीसी टुंगो लाग्ने थापाको भनाई छ।