२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’



अ+ अ-

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका एक सय ५० जना बिरामी परेका थिए । ‘कोलिफर्म’ले झाडा पखाला लाग्ने गर्दछ ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएकामा एउटामा कोलिफर्मको जीवाणु भेटिएको उक्त कार्यालयका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । यही मङ्सिर १७ गते शनिबार बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० जनाभन्दा बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्तीसहित घर गाउँले र आफन्त पनि बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएको थियो ।

बिरामीमध्ये ३४ जनाको मिसन अस्पतालमा उपचार गरिएको थियो । बिरामीको दिसा परीक्षणमा पनि आउँको कीटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको कीटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए । बिहे भोजमा प्रयोग भएको खानेकुरा भने परीक्षण गरिएको थिएन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाइएकाले खानेकुराको परीक्षण नगरिएको बताउनुभयो । बिरामी भएका गाउँलाई गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सयभन्दा बढीको उपचार गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।