२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह भोजमा प्रयोग भएको पानीमा ‘कोलिफर्म’



अ+ अ-

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजका लागि प्रयोग भएको पानी पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गएको शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका एक सय ५० जना बिरामी परेका थिए । ‘कोलिफर्म’ले झाडा पखाला लाग्ने गर्दछ ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएकामा एउटामा कोलिफर्मको जीवाणु भेटिएको उक्त कार्यालयका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । यही मङ्सिर १७ गते शनिबार बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० जनाभन्दा बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्तीसहित घर गाउँले र आफन्त पनि बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएको थियो ।

बिरामीमध्ये ३४ जनाको मिसन अस्पतालमा उपचार गरिएको थियो । बिरामीको दिसा परीक्षणमा पनि आउँको कीटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको कीटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए । बिहे भोजमा प्रयोग भएको खानेकुरा भने परीक्षण गरिएको थिएन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाइएकाले खानेकुराको परीक्षण नगरिएको बताउनुभयो । बिरामी भएका गाउँलाई गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सयभन्दा बढीको उपचार गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।