• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

विश्व पारा तेक्वान्दोमा नेपालकी सिर्जनालाई स्वर्ण



काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ ।

रियादमा बिहीबार राति भएको प्रतियोगितामा नेपालकी सिर्जना घिसिङले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् ।

सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएर फाइनलमा प्रवेश गरेकी सिर्जनाले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् ।

सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालको तर्फबाट सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियनमा पलेशा गोबद्र्धनले पनि सहभागिता जनाएकी थिईन । पलेशा भने फाइनलमा प्रवेश गर्न सकिनन् । उनी क्वाटरफाइनलबाट बाहिरिएकी हुन् ।

नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।