२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा आज गौरिकाको प्रतिस्पर्धा



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकअन्तर्गत आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन्। उनले आज महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। पहिलो हिटमा गौरिकासँगैको प्रतिस्पर्धामा नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी रहेका छन् । खेल आज दिउँसो ३ः४५ बजे हुनेछ।

कुल ५२ खेलाडीले सात वटा हिटमा प्रतिस्पर्धा गरी सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ।

सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।