१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठकः मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। आजको बैठक लगभग २ घन्टासम्म बालुवाटारमा बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तारबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको बताईएको छ । 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी  थिए ।

बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको थियो । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए । यतिबेला देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाको आधिकारिकता अध्यक्ष यादव नेतृत्वले पाएसँगै गठबन्धन बैठक बसेको हो ।