३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु, मगरगाउँमा मगर स्तम्भ निर्माण



अ+ अ-

ललितपुरः ललितपुर महानगरपालिका वडा १८ मा रहेको ऐतिहासिक मगरगाउँमा स्थानीय मगर समुदायको सक्रियतामा मगर स्तम्भ निर्माण गरिएको छ ।

स्तम्भले मगर समुदायको ऐतिहासिक तथ्यलाई समेटेको छ । उक्त स्तम्भ जलविनायक मगर गुठीले निर्माण गरी मगरगाउँ पिपलबोट चोकमा स्थापना गरिएको छ ।

नेपाल एकीकरणको सिलसिलामा सन् १७६९ मा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि रणनैतिक दृष्टिकोणले काठमाडौं उपत्यकालाई अन्य राज्यहरुको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा उनलाई महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौंडा कुर्न उपत्यकाका विभिन्न स्थानहरुमा जग्गा दिई बसोबास गराएको स्तम्भमा लेखिएको छ ।

साथै, गोरखा जिल्ला पिपलथोक थातथलोका जगजजित थापा मगरको नाउँमा ५०० रोपनी जग्गा लालमोहर लगयाई सैंबु, मगरगाउँमा बसाइएको इतिहास छ ।

मगर स्तम्भको वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले बिहीबार एक समारोहबीच अनावरण गर्नुभयो । त्यस अवसरमा उहाँले मगर स्तम्भले इतिहासलाई चिनाउने काम गरेको र यसबाट समुदायले नै गर्वको अनुभूति गरेको छ भन्नुभयो ।

गुठीका अध्यक्ष एवं स्तम्भ निर्माण समितिका संयोजक शंकर थापा मगरले यहाँका मगर समुदायको पहिचान मेटिने अवस्था सिर्जना भएपछि गुठीले आफ्नै खर्चमा स्तम्भ निर्माण गरेको बताउनुभयो । उहाँले स्तम्भ निर्माणमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

गुठीका कोषाध्यक्ष रबिन्द्र थापा मगर र सल्लाहकार नरेश थापा मगरले मगर स्तम्भ निर्माण गर्ने सोच १०–११ वर्षदेखि आएको भए पनि अहिले त्यो सार्थक भएकामा प्रसन्नता व्यक्त गर्नुभयो । सल्लाहकार नरेश थापा मगरले पृथ्वी नारायण शाहका पालामा एक दुई घर भए पनि अहिले यस गाउँमा ५१ घरपरिवार मगर पुगिसकेको बताउनुभयो ।

त्यस अवसरमा मगर समुदायबाट विद्यावारिधि गरेका डा मधुसुदन थापा मगरलाई सम्मान गरिएको थियो ।