२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुने अवस्था आउनसक्ने बताउनुभएको छ ।

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताउनु भयो ।

उहाँले विद्युतीय पूर्वाधार विकास नहुँदा विद्युत प्रशारण र वितरणका लागि उत्पादित विद्युत प्राधिकरणले लिन नसकेको बताउनु भयो । ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खर्बांैको लगानी अलपत्र पर्ने बताउनु भयो । उहाँले जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले बजारमा बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले मुलुकको अर्थतन्त्रमा थप संकटमा जानसक्ने बताउनु भयो । उहाँले अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभइ समग्र मुलुकको नै समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, अर्बौं लगानी गरेर निजी क्षेत्रले विद्युत उत्पादन गरेको अवस्था छ । त्यसरी उत्पादन गर्ने व्यवसायीहरुको धेरै गुनासो रहेको छ । विद्युत प्रशारण र वितरणको लागि पूर्वाधार विकास नहुँदा उत्पादित विद्युत प्राधिकरण लिन सकेको छैन । अर्बौ रुपैयाँ लगानी गरेका पिपिए हुने अवस्था रहेका आयोजनाहरुको पिपिए भएको छैन । मन्त्रीपरिषद्ले १५ सय मेगावटको पिपिए गर्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन । निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको छ । जसरी जलविद्युतमा भएको लगानी रहेको छ यति पिपिए गर्न ढिला ग=यो भने निजी क्षेत्रले लगानी गरेको खर्बौं रुपैयाँ अलपत्र पर्ने अवस्था छ । यस्ता आयोजनाहरु अगाडि बढाउन अनुमति दिइएन भने निजी क्षेत्र निरुत्साहित हुनेछ । समग्र निजी क्षेत्र निरुत्साहित हुनु भनेको विगतमा भएको १८ घण्टाको लोडसेडिङ हुनसक्ने अवस्था आउनसक्छ । त्यसले गर्दा तत्काले पिपिए खोल्नु आवश्यक रहेको छ । अहिले अर्थतन्त्रमा देखिएका बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले संकटमा जान्छ की भन्ने आशंका रहेको छ । त्यसलाई प्राथमिकता दिएर आउने सरकारले समाधान गर्ने अपेक्षा छ । अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको नै समस्या हो ।’

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको बताउनु भयो । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतत्र सुदृढ बनाउनका लागि राज्यस्तरबाट भएका प्रयासहरु अपर्याप्त रहेको बताउनु भयो ।

उहाँले सरकारलाई उद्योगी व्यवसायीहरुले उद्योग क्षेत्रका समस्या समाधानको माग गरेको वर्ष दिन बितिसकेको बताउनु भयो । उहाँले व्यवसायीहरुका समस्या समाधान नभई व्यवसायमा फर्कनसक्ने अवस्था नभएको पनि बताउनु भयो ।