३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

यस्तो रहेछ मङ्गल ग्रहको भित्री संरचना (फोटो फिचर)

यस्तो रहेछ मङ्गल ग्रहको भित्री संरचना (फोटो फिचर)
अ+ अ-

काठमाडौं । वैज्ञानिकहरूले मङ्गल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्याङ्क आफूसँग रहेको बताएका छन्।

त्यस्तो प्रमाण इन्साइट नामक अन्तरिक्षयानबाट हात परेको हो। उक्त यानले मङ्गलमा हुने कम्पन सन् २०१९ देखि मापन गरिरहेको छ।

नासाको नेतृत्वमा रहेको उक्त अभियानले मङ्गलको बाहिरको पत्र २४ देखि ७२ किलोमिटर बीचमा रहेको पत्ता लगाएको छ जुन पहिले ठानिएकोभन्दा केही कम हो।

तर अहिले पत्ता लागेको मुख्य कुरा उक्त ग्रहको भित्री भागबारे हो। त्यसको अर्धव्यास १,८३० किलोमिटर छ। यो पहिले अनुमान गरिएको सर्वाधिक मापनजति नै छ। पृथ्वीबाहेक अन्य ग्रहको भित्री तहको मापन गरिएको यो पहिलो पटक हो।

(इन्साइट यान सन् २०१८ मा मङ्गलमा पठाइएको थियो र सोही वर्ष नोभेम्बरमा त्यहाँ अवतरण गरेको थियो)

चन्द्रमाको पनि त्यस्तै अध्ययन गरिएको छ तर मङ्गलको बृहत् अध्ययन हुन पुगेको छ। यो सूचनाका आधारमा अनुसन्धानकर्ताहरूलाई विभिन्न खगोलीय पिण्डको उत्पत्ति र विकासक्रम बुझ्न सहयोग पुर्‍याउने ठानिएको छ।

इन्साइटले भूगर्भशास्त्रीहरूले भूकम्पको सङ्केतका आधारमा पृथ्वीको आन्तरिक तहको अध्ययन गर्दै आए जसरी नै मङ्गलको अध्ययन गरेको हो।

यस्तो भूकम्प हुँदा ऊर्जाको लहर उत्पन्न हुन्छ। तिनले बाटो परिवर्तन गरेको आधारमा र लहरको गतिका आधारमा चट्टानी पदार्थको प्रकृति पत्ता लगाउने गरिन्छ।नासाको अभियानले प्रयोगमा ल्याएको सिस्मोमिटरले सयौँ परकम्पको अवलोकन गरेको छ।

दुई वर्षका त्यस्ता परकम्पमध्ये केही मात्र मङ्गलको भित्री बनावटको नक्साङ्कन गर्न उपयोगी भएका थिए। अध्ययनमा नेतृत्व गरेको फ्रान्स र यूकेको वैज्ञानिक समूहले मङ्गलको कडा बाह्य पत्र २० देखि ३९ किलोमिटर रहेको बताएको छ।

सोही अङ्कलाई अन्य मापन प्रविधि प्रयोग गरेर त्यहाँको औसत मोटाइ २४ देखि ७२ किलोमिटरसम्म हुने आकलन गरिएको छ। पृथ्वीको त्यस्तो बाहिरी तहको मोटाइ १५-२० किलोमिटर छ।

हिमाल भएका क्षेत्रमा मात्र त्यस्तो मोटाइ ७० किलोमिटरसम्म हुन्छ। सबभन्दा रमाइलो अङ्क भित्री भागबारे छ। उक्त अध्ययन समूहले दुईवटा नयाँ तथ्य पत्ता लागेको बताएको छ।

पहिलो मङ्गलको भित्री भाग पहिले सोचिएभन्दा कम सघन हुन सक्छ र फलाम वा निकल जस्ता तत्त्वको मिश्रण तथा गन्धकजस्ता हल्का तत्त्वले बनेको छ।

दोस्रो चाहिँ भित्री भाग र बाहिरी भागको बीचमा हुने म्यान्टल भनिने तहबारेको जानकारी हो। यो चट्टानी तह पहिले सोचिएभन्दा पातलो पाइएको छ।

मङ्गलको थाहा भएको आकारका आधारमा भन्नुपर्दा ब्रिजम्यानाइट खनिज स्थिर हुनका लागि आवश्यक चाप म्यान्टलले पाउने सम्भावना निकै कम छ।

पृथ्वीमा यो कडा खनिजको तहले भित्री भाग छोपेको छ जसले गर्दा पृथ्वीको तापक्रम चिसिने क्रमलाई सुस्त बनाइदिएको छ। तर मङ्गलमा त्यो तह नभएका कारण छिटोछिटो चिसिएको हुन सक्छ।

यदि त्यहाँ त्यो तह भइदिएको भए अन्तरिक्षबाट आउने विकिरणले क्षति पुर्‍याउनबाट रोक्ने थियो र बस्न सकिने स्थान बन्न सक्थ्यो। इम्पेरीअल कलेज लन्डनका प्राध्यापक टम पाइक यो समूहसम्बद्ध एक प्रमुख अनुसन्धानकर्ता हुन्।

उनले बीबीसी न्यूजलाई भने, "हामी भूगर्भशास्त्रको मद्दतले अर्को ग्रहको भित्री भाग हेर्न सफल भएका छौँ। त्यसको भित्री भागका बारेको जानकारीले यो ग्रह कसरी विकास हुँदै गयो भन्ने थाहा पाउन सकिन्छ।"

केम्ब्रिज यूनिभर्सिटीकी डा। सान कोटार उक्त समूहको मङ्गल अध्ययन असाध्यै महत्त्वपूर्ण भएको बताइन्। उनी अध्ययन समूहमा छैनन्। मङ्गलमा हुने कम्प असाध्यै मसिनो सुनिन्छ। त्यसैले पृथ्वीको भन्दा त्यहाँको अध्ययन गर्न चुनौतीपूर्ण छ।

अध्ययनमा लागेका वैज्ञानिकहरूले इन्साइटको एउटा सिस्मोमिटरबाट प्राप्त तथ्याङ्कका आधारमा मात्र काम गर्नुपर्ने बाध्यता थियो। यो अध्ययन त्यसैले असाध्यै प्रभावशाली छ।

(बीबीसी)