एजेन्सी । तपाईहरु मध्ये कतिले विचार गर्नु भएको छ, जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापनको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् ।
यस्ता छन् जापनिज महिलाहरुले हाँस्दा मुख छोप्नुका कारणहरु:
- पहिलो कारण अमेरिकन संस्कार अनुसार महिलाहरु हाँस्नुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुख छोप्ने सँस्कार रहेको छ । जापनिज सँस्कारमा महिलाहरु ठूलो स्वरले हाँसेको राम्रो मानिदैन ।
- देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूलुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुने गर्दछ । धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्।
- तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन । अन्य महिलाहरुले आफूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुख छोप्ने गर्छन् ।
- चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुख छोप्नु पर्ने कुनै कानून त छैन । तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुख छोपेर हाँस्नुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो । तर जापानमा हुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन।
- विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् । तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।