८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डारफोरबाट संयुक्त राष्ट्रसंघीय मिसनका शान्ति सैन्य फिर्ता



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसंघ मिसनका लजिस्टिक प्रमुखले दिनुभएको हो । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मंगलबार सो जानकारी दिनु भएको छ  । उहाँले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ ।त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो । सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो ।

तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो । गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् । (रासस-सिन्ह्वा)