२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही अन्तर्घातबारे प्रचण्डद्वारा दुवै पक्षसँग छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका समयमा सर्लाहीमा भएको अन्तर्घातका सम्बन्धमा दुवै पक्षसँग छलफल गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार दुवै पक्षका नेतालाई बोलाएर निर्वाचनमा भएको अन्तर्घातका विषयमा उहाँले छलफल गर्नुभएको हो ।

उहाँले पार्टी पोलिटब्यूरो सदस्य रामेश्वर राययादव, अच्युतम काफ्ले, प्रदेश इन्चार्ज गणेश साह तथा हरिवन, बागमती र बरहथवा नगरपालिकाका पार्टी कमिटीका नेताहरुसँग छलफल गर्नुभएको हो ।

प्रदेश इन्चार्ज साहका अनुसार अध्यक्ष प्रचण्डले दुवै पक्षको कुरा सुन्नुभएको र केन्द्रीय समिति तथा स्थायी समितिमा छलफल हुने जानकारी दिनुभएको छ ।

साहले भन्नुभयो, “विषय दर्ज भएको छ, समितिका बैठकमा हुने छलफलमा दोषी भएको वा नभएको सबै खुल्छ, अहिले केही भन्न मिल्दैन, यो अन्तर्घातको विषय यथावत रहन्छ ।”

यद्यपि पोलिटब्यूरो सदस्य यादवका अनुसार अध्यक्ष प्रचण्डले पार्टीमा अन्तर्घात गर्नेहरुका विषयमा कमिटी बनाएर छानबिन गर्ने घोषणा गर्नुभएको छ । छलफलमा आफू दोषी नभएको खुलेको उहाँले बताउनुभयो । “मेरोविरुद्ध उजुरी हाल्नेको र मेरो कुरा सुन्नुभयो, दुवै पक्षको कुरा सुनिसकेपछि तपाईंले अन्तर्घात गर्नभएको होइन रहेछ भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

यादवले सर्लाही निर्वाचन क्षेत्र नं ३ का माओवादी उम्मेदवार नरेन्द्र कलवार साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । यादवले पार्टीका आधिकारिक उम्मेदवार साहलाई भोट नमागेर नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागेको भन्दै उजुरी परेको हो ।