४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा वर्षमानको उपचार सुरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको चीनमा उपचार सुरु भएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।

उपचारका लागि पुन यही मंरि १६ गते चीन जानुभएको थियो । उहाँको सो रोगको उपचार यसअघि पनि सोही अस्पतालमा भएको थियो । सुमेरु अस्पतालमा गत वर्ष उपचार सम्भव नभएपछि उहाँ थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पताल जानुभएको थियो ।

त्यहाँ उहाँले दुई महिना उपचार गराउँदा पनि सन्तोषजनक सुधार नभएपछि त्यहीँबाट चीनको सेनजेन उपचारका लागि जानुभएको थियो । चीनमा उपचारपछि उहाँ गत वर्षको माघ १० गते काठमाडौँ फर्कनुभएको थियो ।

निर्वाचनको समयमा उहाँको रोग पुनः बल्झिएपछि थप उपचारका लागि उहाँ चीन जानुभएको हो ।