एजेन्सी । पश्चिमोत्तर चीनमा मरुभूमिबाट आएको धूलोयुक्त आँधीले एउटा सहरलाई पूरै ढाक्यो। उक्त सहर गोबी मरभूमिको छेउमा छ । यस ठाउँको हावापानी एकदमै कठिन मानिन्छ ।
त्यहाँ धूलोको मुस्लो जमिनभन्दा १०० मिटरमाथि सम्म पुगेको थियो। आँधी आउँदा सहरको मुख्य मार्गहरु बन्द गरियो । अग्ला भवन र अन्य संरचनालाई धूलोयुक्त आँधीले निलेको देखिन्छ।