२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस पदाधिकारीको बैठक जारी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । केहीबेर अघि सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रतिनिधिसभामा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलगायतका नेताहरु सहभागी छन् ।

आजको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।