काठमाडौं । टोकियो ओलम्पिकको बुधवारको खेल जारी रहँदा बिहान नै ११ स्वर्ण पदकको टुङ्गो लागेको छ । बिहान टुङ्गो लागेको ११ मध्य अस्ट्रेलियाले तीन स्वर्ण पदक हात पारेको छ ।
रोइङको महिला डबल्स स्कल्समा रोमानीयाले स्वर्ण, न्युजील्यान्डले रजत तथा नेदरल्यान्डले कांस्य पदक पाए । यसै गरी, पुरुषको स्पर्धामा फ्रान्सले स्वर्ण, नेदरल्यान्डले रजत तथा चीनले कांस्य पदक जिते ।
फोर फाइनलको महिलामा अस्ट्रेलियाले स्वर्ण, नेदरल्यान्डले रजत तथा आयरल्यान्डले कांस्य पदक जिते यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले रजत तथा इटालीले कांस्य पदक जिते । यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले रजत तथा इटालीले कांस्य पदक जिते ।
क्वार्डल्सको पुरुषमा नेदरल्यान्डले स्वर्ण, बेलायतले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते । यसैको महिला स्पर्धामा चीनले स्वर्ण, पोल्यान्डले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते ।
पौडीकी महिला २०० मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एरियन टिटमसले स्वर्ण पदक जितिन् । हंगकंगकी सिमानो आउजीले रजत तथा क्यानडाकी पेनी ओलस्काले कांस्य पदक जिते ।
पुरुष २०० मिटर बटरफ्लाइमा हंगेरीका क्रिस्टोफर मिलाकले स्वर्ण, जापानका टोमारु हन्डाले रजत तथा इटालीका फेबड्रको बार्डुसिओले कांस्य पदक जिते ।
महिला २०० मिटर मेड्लीमा जापानकी याही युहासीले स्वर्ण, अमेरिकाकी एलेक्स वाल्सले रजत तथा अमेरिकाकै क्याटी डगलसले कांस्य पदक जिते । याहुसीले ४ सय मिटरमा पनि स्वर्ण पदक जितेकी थिइन् ।
महिला १५०० मिटर फ्रिस्टाइलमा अमेरिकाकी केटी लेडेकीले स्वर्ण पदक जितिन् । यसै गरी, अमेरिकाकै एरिका सुलेभानले रजत तथा जर्मनीकी सारहना कोहलरले कांस्य पदक जिते ।
पुरुष ४गुणा २ सय मिटर फ्रिस्टाइलमा बेलायतले स्वर्ण पदक जितेको छ । यसै गरी, रुस ओलम्पिक कमिटीले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते ।