काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आयोजक नामिबियाले नेपाललाई जितका लागि २ सय ७६ रनको लक्ष्य दिएको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ जोड्यो ।
नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १ सय १९ रनको शतकीय ईनिङ्स खेले । यस्तै, कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जान निकोलले ४० तथा डेभेन ला ककले १८ रन जोडे ।
नेपालका लागि ललित नारायन राजवंशीले ४ विकेट लिँदा सोमपाल कामीले २ विकेट लिए । यस्तै, सागर ढकालले १ विकेट लिए ।
यस सिरिजमा नेपालसहित नामिबीया तथा स्कटल्याण्डको सहभागि छन् । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको छ ।
यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो । यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाडेको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।