• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

बारलाई संग्रौलाको प्रश्नः तपाईका नेताले ‘क्लीन चीट’ दिए नारा कसका विरुद्ध लगाउनु हुन्छ ?



काठमाडौँ । वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा अवरोध गर्ने कार्य उपयुक्त नभएको बताउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ ‘तपाईका नेताले ‘क्लीन चीट’ चोलेन्द्र जीलाई दिए । तपाईहरु ढोका रुंगेर उभिनुभएको छ । नारा कसका विरुद्ध लगाउनु हुन्छ ?’

उहाँले लेख्नुभएको छ
आदरणीय वकिल मित्रहरु,
चोलेन्द्रजीको महाअभियोगका बारेमा आफ्ना नेताज्युहरुलाई सोध्न जानुहोस। अदालतलाई बेथितिको दलदलमा हाल्ने न्यायाधीश र प्रधानन्यायाधीशलाई आफ्नो स्वार्थ अनुसार माया गर्ने र लखेट्ने नेता र उन्का झोला बोक्ने वकिलकै कारण अदालत धोस्त भयो।यस्का विरुद्ध अब जनतानै उठ्ने बेला भयो। तपाईंका नेताले क्लीन चीट चोलेन्द्र जीलाइ दिए। तपाइँहरु ढोका रुंगेर उभिनु भको छ। नारा कस्का विरुद्ध लगाउनु हुन्छ ?
विद्वान भनिने वकिलले जोकर हुनु कति ठीक ? चोलेन्द्र ठिक छ्न भन्दीन तर अदालतलाई पपेट बनाउने नेता र तिन्को चाकरी गर्ने तपाइँ कति ठीक ?