२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँड्ने आले पक्राउ



अ+ अ-

सुर्खेत । सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरी प्लास्टिकको झोलामा टाउको बोकेर हिँड्दै गरेको भेटिएको छ ।

आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका–३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आलेलाई प्रहरीले उनकी श्रीमती मिना आले मगरको टाउकोसहित नियन्त्रणमा लिएको हो । आले श्रीमतीको टाउको बोकेर प्रहरी चौकीतिर हिँड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

आलेमगर आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ । एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका आलेले विदेशमा कमाएको पैसा हिनामिना गरेका कारण श्रीमतीको हत्या गरेको बयानमा बताएका छन् ।