२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग निष्क्रिय भएको पत्रमा षड्यन्त्र छ, प्रतिवाद गर्छौं: सर्वोच्च बारका अध्यक्ष



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको भनी संसद्का महासचिवले दिएको पत्रमा षड्यन्त्र भएको बताउनुभएको छ ।

उहाँले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै संसद् अधिवेशन बस्न बाँकी छँदै संसद् सचिवालयबाट बीचमै षड्यन्त्रमूलक तरिकाले पत्र आएको बताउनुभयो । अध्यक्ष शाक्यले प्रधानन्यायाधीश जबरालाई अदालत परिसरमा प्रवेश गर्न नदिने समेत बताउनुभयो ।

महाअभियोगको प्रक्रियामा गइसकेपछि संसद्ले कुनै निर्णय नगरेसम्म जबरामाथि लगाइएका निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै संसद्का महासचिवले षड्यन्त्रमूलक पत्र लेख्नु आफूहरुलाई स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

गत २०७८ फागुन १ जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । सो लगत्तै उहाँ निलम्बनमा पर्नुभएको थियो । बुधबार संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो । पत्र पाएलगत्तै जबरा सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा हुनुहुन्छ ।

मंगलबार मात्र जबराले आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको प्रतिउत्तरमा संसद्का महासचिव डा गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर त्यसपछिको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधिसभाको निर्वाचन भइसकेकाले जबराले कार्यसम्पादन गर्न पाउने व्यहोरोका पत्र दिनुभएको थियो ।