• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

राष्ट्रपतिसँग सिके राउतको शिष्टाचार भेट



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले भेट गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग मंगलबार दिउँसो भएको शिष्टाचार भेटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको राउतको सचिवालयले जनाएको छ ।

निर्वाचनको नतिजा सम्पन्न भएसँगै राउतले राजनीतिक भेटघाटलाई तिव्रता दिनुभएको छ । उहाँले यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रभु शाहसँग भेट गरिसक्नुभएको छ ।