५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको नेता बन्न देउवाको पहल, सघाउन शशांकलाई आग्रह



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न पार्टीभित्र पहल सुरु गर्नुभएको छ । प्रधानमन्त्री बन्न सर्वप्रथम नेपाली कांग्रेसको संसदीय दलका नेता बन्नुपर्ने भएकाले उहाँले त्यसका लागि पहल सुरु गर्नुभएको हो ।

छैटौँ पटक प्रधानमन्त्री बन्न उहाँले संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ । पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालासँग देउवाले आफूलाई सघाउन कोइरालाको सचिवालयले जनाएको छ । देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी गर्नुभएको थिएन । यद्यपि उहाँले शीर्ष नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

कोइराला र देउवाबीच भएको भेटमा प्रतिनिधिसभा निर्वाचित भएकामा दुवैले एकआपसमा बधाई आदानप्रदान गर्दा प्रधानमन्त्री देउवाले सहयोगका लागि आग्रह गर्नुभएको बताइएको छ । यसअघि नै उहाँले आफूनिकट पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेतालाई पार्टीभित्र र बाहिर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्न खटाइसक्नुभएको छ ।