२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहको भोजले पाल्पामा ८० जना भन्दा बढी बिरामी



अ+ अ-

पाल्पा । विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् ।

पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन् ।

मंसिर १७ गते शनिवार चिर्तुङधारास्थित एक विवाहमा भोज खाएकाहरु बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिनुभयो । घोरबन्दा गाउँका ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहा लगायत दर्जन बढी परिवारका सबै बिरामीलाई सोमवार जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख बस्यालले बताउनु भयो ।

बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो ।

वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती गएका उनीहरु बिरामी भएका थिए । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् ।