
काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८१५ वटा नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमित निको भएका छन् ।
आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ ।