३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिर्जापुर ३’ को सुटिङ सकियो



अ+ अ-

एजेन्सी । चर्चित हिन्दी वेबसिरिज ‘मिर्जापुर’को तेस्रो संस्करण अर्थात् ‘मिर्जापुर ३’ को सुटिङ पूरा भएको छ ।

बलिउड अभिनेता अली फजलले मिर्जापुरको सम्पूर्ण टिमसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै यसको तेस्रो भागको छायांकन सकिएको जानकारी दिएका हुन् ।

भावुक नोट लेख्दै उनले यो सिजनको यात्रा आफ्नो लागि निकै फरक र अद्भुत रहेको बताएका छन् ।

अली फजलले लेखेका छन्, ‘यो सन्देश मेरो प्यारो टोलीका लागि हो । मिर्जापुर संसारमा ल्याउनुभएको माया र मेहनतको लागि धेरै धेरै धन्यवाद । मिर्जापुर सिजन ३ को यात्रा मेरो लागि धेरै फरक र अद्भुत रह्यो । तर तपाईलाई थाहा हुनुपर्दछ कि म र गुड्डु पण्डितले ती सेटहरूमा काम गर्ने व्यक्तिबाट प्रेरणा लिएको छ ।’

यद्यपि, यो सिरिज छिटै प्रशारणमा आउने बताइएपनि रिलिज मितिबारे भने खुलाइएको छैन । फ्यानहरु यो सिरिजको व्यग्र प्रतिक्षामा रहेका छन् ।