• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

सुकुम्बासीको दबाब र्‍याली: वार्ता र सहमतिबाट निकास खोज्न आग्रह (भिडियोसहित)



काठमाडौं । सहमति र सहकार्यबाट सुकुम्बासी व्यवस्थापनको निकास खोज्न माग गर्दै काठमाडौंमा सुकुम्बासीहरुले दबाब र्‍याली निकालेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आव्हानमा काठमाडौंमा विभिन्न ठाउँमा बसोबास गर्दै आएकासुकुम्बासीले दबाब र्‍याली निकालेका हुन् ।

भूमीहिन, सुकुम्बासीमाथि दमनकारी शैलीमा त्रास फैलाएको उनीहरूको भनाइ छ । उनीहरुले भूमिसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग राखेका छन् ।

सुकुम्बासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न उनीहरूले अनुरोध गरेका छन् ।

गत मंसिर १२ गते सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाको डोजरसहित थापाथलि पुगेका नगर प्रहरी र बस्तीका बासिन्दाबीच झडप भएको थियो । झडपका क्रममा नगर प्रहरी र सुकुम्बासी बस्तीका केही मानिसहरु घाइते भएका थिए ।