२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपथ्य लाइभ कन्सर्टको सबै तयारी पुरा, आदर्शनगरमा झुम्नेछ वीरगञ्ज



अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा आज हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको छ ।

मानव सेवा आश्रमको आयोजनामा मानवता प्रवर्द्धनका साथै मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले आज अपरान्ह ४ बजेदेखि ८ बजेसम्म वीरगञ्जमा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको हो ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिनाव्यापी रुपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत दोस्रो कार्यक्रमको रुमपा वीरगञ्जको आदर्शनगर रंगशालामा आज पाँच हजार मानिसको सहभागितामा नेपथ्य गुञ्जिँदै छ ।

उक्त महिनाव्यापी कार्यक्रमअन्तरगत मङ्सिर १६ गते पहिलो कन्सर्ट पाँच हजार दर्शकको उपस्थितिमा विराटनगरमा सम्पन्न भएको थियो । वीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय हो ।  मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।

हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ । पर्साको वीरगञ्ज महानगरपालिका ९ स्थित रानीघाटमा ६ वर्ष अघि स्थापना भएको मानवसेवा आश्रममा हाल अभिभावक विहिन ५० व्यक्तिहरु आश्रित रहेका छन् ।

वीरगञ्ज महानगरपालिका १५ स्थित लक्ष्माननौतनमा झण्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न तथा मानवता प्रवद्र्धन गर्न नेपथ्य लाइभ कन्सर्टले सघाउ पु¥याउने विश्वास लिइएको छ । आगामी अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा पनि हुँदै छ । त्यसपछि नेपालगञ्ज, सुर्खेत, धनगढी , बुटवल, पोखरा र काठमाडौँमा कार्यक्रम हुने छ ।