४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मह गाउँको परिचय दिँदै तनहुँको दगाम

मह गाउँको परिचय दिँदै तनहुँको दगाम
अ+ अ-

गण्डकी । परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् ।

प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउनुहुन्छ । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् ।

दगामका केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय सुरु गरेको अगुवा कृषक नन्दराज थापाले बताउनुभयो । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहुँले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालन प्रति गाउँलेको रुचि बढेको उहाँको भनाइ छ । “सुरुमा घरेलु तथा साना उद्योग तनहुँबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरीपालन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “सुरुमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो अहिले सबै घरमा मौरीको घार छ ।”

उहाँले मौरीपालनबाट वार्षिक रु छ लाखसम्म आम्दानी गरेको बताउनुभयो  । “सुरुमा एक घारबाट मौरी पाल्न थालेको हँु”, उहाँले थप्नुभयो, “विस्तारै घार बढाउँदै अहिले ४२ घारबाट राम्रै आम्दानी लिएको छु ।” उहाँले मह मात्र नभएर मौरी र घार पनि बिक्री गर्नुहुन्छ । दगामकै अर्का मौरीपालक कृषक टीकाराम गुरुङको घरमा पनि २२ घारमा मौरी छन् । उहाँले मासिक रु ४० देखि ५० हजारको मह बेच्नुहुन्छ ।

यसले उहाँले परिवार राम्रैसँग पालिएको छ । पहिले काठेघारमा मौरी पाल्नुभएका उहाँले अहिले आधुनिक घारबाट मह काट्नुहुन्छ । “महका लागि सधैँ एकैनासको मौसम हँुदैन कहिले धेरै नै हुन्छ कहिले थोरै मह निकालिन्छ”, उहाँले भन्नुभयो, “फूल फुल्ने मौसममा रु ६० हजारसम्मको मह आउँछ अफसिजनमा पनि रु ३० हजारसम्मको मह उत्पादन हुन्छ । सरदरमा मासिक रु ५० हजारको मह काटिन्छ ।”

मह बेचेको पैसाले दगाम गाउँका कृषकले आफ्नो दैनिकी धान्न सक्ने भएको कृषक नन्दराज थापाले जानकारी दिनुभयो । “यहाँ सबैको घरमा मौरी पालिएको छ केहीले राम्रै आम्दानी गर्छन्”, उहाँले भन्नुभयो, “केहीले घरमै औषधिको रुपमा प्रयोग गर्छन् ।” स्थानीय सेतीमाया थापाले आफ्नो घरमा उत्पादन भएको मह आफूहरुलाई औषधिको रुपमा खान पुगेको बताउनुहुन्छ । उहाँको घरमा चार घार छन् । उहाँले एउटा घारबाट मात्र उत्पादन गर्नुहुन्छ । “हाम्रो उत्पादन भएको मह हामीले बेच्दैनौँ, औषधि बनाएर खान्छौैँ”, उहाँले सुनाउनुभयो, “महले ढाड दुखेको निको हुन्छ अनि चिसो लाग्यो भने तातोपानीमा हालेर खाँदा ठीक हुन्छ त्यही भएर हामीले घरमै खान्छौँ ।”

यहाँ कृषकले ०७३ मा प्राकृतिक मौरीपालक कृषक समूह दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । उनीहरूले सेरेना प्रजातिको मौरी पाल्दै आएका छन् । त्यहाँ उत्पादन भएको महको बजारीकरणमा समस्या नरहेको कृषक थापाले बताउनुभयो । पछिल्लो समय दगाम सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेको उहाँले बताउनुभयो । “हामीले मह बेच्न बजार पु¥याउनुपर्दैन सबै गाउँमै आएर लैजान्छन्”, थापाले भन्नुभयो, “यहाँ होमस्टे खुलेपछि यहाँ आउने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेका छन् । अनि मह खोज्दै गाउँमै धेरै आउँछन हामीलाई माग धान्न गाह्रो छ ।” होमस्टे पुग्ने पाहुनालाई त्यही उत्पादन भएको मह पनि चखाउँछन् ।

धेरै दुःख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरीपालन व्यवसाय गर्न सजिलो रहेको त्यहाँका कृषकको अनुभव छ । मह उत्पादन गरेपछि बजारको समस्या नरहेकाले कृषकको यसमा आकर्षण बढेको हो । कृषकको आकर्षणले गर्दा बेलाबेलामा सरकारी अनुदान पनि आउने गरेको स्थानीयले बताए । दगाममा उत्पादन भएको मह विदेश पनि निर्यात हुने गरेको छ । यहाँको मह मलेसिया, बेल्जियम र हल्याण्डमा निर्यात हुने गरेको छ । उनीहरुले होमस्टे पुग्ने पाहुनाले कोसेलीका रुपमा लगेमा प्रतिकिलो रु एक हजार पाँच सयमा मह दिने गर्छन् भने, विदेश पठाउँदा एक किलोको रु दुई हजार पाँच सय लिने गर्छन् ।

पछिल्लो समय दगाम गाउँ मह उत्पादनका लागि अब्बल देखिएकाले मौरीपालन व्यवसायलाई विस्तर गर्ने स्थानीयको लक्ष्य छ । सरकारी पक्षबाट अझै सहयोग र अनुदान आए दगाम गाउँलाई मह गाउँका रुपमा चिनाउने गरी व्यवसाय विस्तार गर्ने थापाले बताउनुभयो ।