२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपः क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्ड भिड्ने



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच प्रतस्पिर्धा हुने भएको छ ।

आइतबार राति भएका दुई खेलमा पोल्यान्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स र सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्याण्डले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् ।

फ्रान्सका लागि केलियन एमबाप्पेले दुई र ओलिभर जेरुडले एक गोल गरे । आइतबार दुई गोल गरेसँगै एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले पेलेको नाममा रहेको ७ गोलको कीर्तिमानी तोडेका हुन् ।

उता, इंग्ल्यान्डको जितमा जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक–एक गोल गरे । यो जितसँगै इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको भेट पक्का गरेको छ।

यसअघि नै नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् ।