१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवाद सफल बनाउन सामाजिक न्याय र समानताको खाँचो : मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मुलुकमा बसोबास गर्ने सबै समुदायलाई सामाजिक न्यायका साथै समानताका अवसर उपलब्ध गराउन सकेमा मात्र समाजवादसफल हुने बताउनुभएको छ । राष्ट्रिय समावेशी आयोगले अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले पिछडिएका मानिसलाई जातको आधारमा मात्र नभएर वर्गीय प्रतिनिधित्वको आधारमा समावेशीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले राउटे नीति सिफारिस तथा ज्येष्ठ नागरिक लक्षित प्रतिवेदन तयार भएको बताउँदै खस, आर्य सूचीकरण अन्तिम अवस्थामा रहेको तथा पिछडावर्ग पहिचानको अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले समावेशीताबिना सामाजिक लोकतन्त्र मुखरित हुन नसक्ने भएकाले यो जातियतामा मात्र सीमित नरहेको र भौगोलिकताका साथै आवश्यकताको सिद्धान्तमा पनि आधारित हनुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव शिवकुमार कार्कीले सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक समाजको निर्माणमा जोड दिनुभयो ।

उपसचिव पुस्कर भट्टराईले खस आर्य, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवं सीमान्तकृत समूदायलगायतको हितका लागि आवश्यक अध्ययन अनुसन्धान गरी सम्बन्धित पक्षमा १५ सिफारिश गरिएको जानकारी दिनुभयो ।