११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ८ः३० बजे बालुवाटारमा बस्ने भएको हो । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल गर्ने कार्यक्रम तय भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका हुन्। कुन पार्टीले कति र कुन(कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतको दाबी छ। 

गठबन्धनका नेताहरू बुधबार पनि छलफल गरेका थिए। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्। 

जनमोर्चाले आफूहरू सरकारमा नजाने बताईसकेको छ भने सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने यकिन भइसकेको छैन।