काठमाडौं । काठमाडौं महानगरपालिकाले आज कोरोनाविरूद्धको भेरोसेल खोप लगाउने भएको छ। ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई आज महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको हो।
आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइन्छ। खोप आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको लगाउने कार्यक्रम छ।
नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।











