२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङ आउने विदेशी पर्यटक बढे



अ+ अ-

मुस्ताङ। मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका अनुसार चालु आवको जेठसम्म मुस्ताङमा दुई लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेका छन् भने गत आवको सोही अवधिमा एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

यसवर्ष भारतीय पर्यटकको आगमन अत्यधिक रहेको जनाइएको छ । छिमेकी मुलुक भारतमा चर्को गर्मी छल्न तथा धार्मिक हिसाबले पनि मुक्तिनाथ आउनेहरु बढेकाले मुस्ताङमा विदेश पर्यटक आगमन बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आवको जेठमा मात्रै ९० हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक नै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो । गतवर्षको जेठमा २४ हजार ३७२ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०८०/८१ मा ९९ हजार ३९९ जना र आव २०८१/८२ मा एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए ।  रासस