२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता

महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता
अ अ+ अ-

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनःनिर्माणमा नेपाली सेनाले गति दिएको छ ।

सङ्घीय सरकारको आग्रहपछि एक साता अघिदेखि गाइडबण्ड संरक्षणका लागि पुनःनिर्माणमा जुटेका सेनाले सुदूरपश्चिम पृतना र अन्यत्र पृतनाबाट जनशक्ति थप गरिएको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ ।

साथै उक्त पुनःनिर्माण गरी तटीय क्षेत्रमा बाढीका बेला हुनसक्ने सम्भावित क्षति तथा विपद् न्युनीकरण गर्न सेनाले सैनिक अधिकारीलाई विभिन्न जिम्मेवारी दिएको छ । आज सेनाले गरिरहेको कामको प्रगति विवरणसहित अवलोकनका लागि सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीसहित सैनिक अधिकारी निर्माणस्थल पुग्नुभएको छ । नेपाली सेनाले पुनःनिर्माणका लागि जनशक्तिका लागि कुनै समस्या नरहेको जनाएको छ ।

“थप जनशक्ति आउने क्रम पनि जारी छ”, सेनाले भनेको छ, “प्राविधिकसहितको टोली यहाँ खटिएर धमाधम निर्माण अघि बढाइरहेको छ ।” सेनालाई सडक डिभिजन कार्यालय कञ्चनपुरले मेसिनरी सहयोग गरेको छ । यहाँ गत वर्ष आएको बाढीले करिब ३०० मिटर गाइडबण्डको मुनिको भागमा क्षति पुर्‍याएको थियो । गत वर्षको वैशाखमा सरकारले महाकाली पुल आयोजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी भीमदत्त नगरपालिका क्षेत्रका तटीय बस्ती जोगाउन काम नेपाली सेनालाई दिएको थियो ।

सरकारले वर्षातका बेला सो क्षेत्रमा हुन सक्ने सम्भावित क्षति न्युनीकरणका लागि पुनः नेपाली सेनालाई उक्त जिम्मेवारी दिएको हो । बाहिनीले आयोजनास्थलमा तत्कालको क्षति न्युनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन पुनःनिर्माणलाई तीव्र पारिएको जनाएको छ ।

नेपाली सेनाले उक्त पुनःनिर्माणको संयोजनको जिम्मेवारी सेनाकातर्फबाट श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीलाई दिएको छ भने केन्द्रबाट पनि एक जना प्राविधिक प्रमुख सेनानीलाई महाकालीमा खटाएका छन् ।

पक्की पुलको ९५ प्रतिशत निर्माण सकिएपनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृती र भेरियसन अर्डर (भिओ)को विषय किनारा नलागेपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको थियो । रासस