१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन



Nepali Congress
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित आगामी पुस १५ गतेभित्र विवरण केन्द्रमा पठाउनु पर्ने निर्देशन जारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।