२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न एमालेका ४ प्रदेशसभा सदस्यको माग



अ+ अ-

नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

रुपन्देहीबाट निर्वाचित चार प्रदेशसभा सदस्यहरु लिला गिरी, भूमिश्वर ढकला, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै संरचना नबनाई फेरि अस्थायी रुपमा वर्तमान कार्यभार हस्तान्तरण गर्ने तहमा रहेको काम चलाउ सरकारले प्रदेशको मुकाम सार्न खोजेको भन्ने सुन्नमा आएको बताएका छन् ।

विज्ञप्तिमा केही दिनमै गठन हुन लागेको प्रदेशसभा र त्यसबाट निर्माण हुने नयाँ सरकारको जिम्मेबारीमाथि हस्तक्षेप नर्ग आग्रह गरिएको छ । विगतको प्रदेशसभा सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङ र अर्घाखाँची जिल्लाको राप्ती गाउँपालिका र शितगंगा नगरपालिकामा स्थापित गर्ने गरी निर्णय गरेको भए पनि अहिलेसम्म त्यहाँ कुनै संरचना तयार नभएकाले तत्काल राजधानी नसार्न विज्ञप्तिमा माग गरिएको छ ।

प्रदेशसभा सदस्यहरुले नयाँ ठाउँमा व्यवस्थित गुरुयोजना र डिपिआर तयार गरी राजधानीको भौतिक पूर्वाधार तयार गरी राजधानी स्थापित गर्ने निर्णय भए पनि अहिलेसम्म कुनै प्रगति नभएको बताउनुभएको छ । प्रदेशसभा सदस्यहरुले जारी गर्नुभएको विज्ञप्ति यस्तो छ :