५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका रास्वपा सभापतिमाथि ४७ जनाले दिए उजुरी, कारबाही नगरे पार्टी छाड्ने चेतावनी



अ+ अ-

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै ४७ जनाले उजुरी दिएका छन् ।

चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवारलाई हराएको भन्दै न्यौपानेबिरुद्ध पार्टिका ४७ जना नेता/कार्यकर्ताले उजुरी दिएका हुन् ।

स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर-१ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेशसहित ४७ जना नेता/कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाएको छ ।

सभापति न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको उक्त उजुरी पत्रमा उल्लेख गरेको छ । सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने पत्रमा उल्लेख गरेको छ ।