४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका रास्वपा सभापतिमाथि ४७ जनाले दिए उजुरी, कारबाही नगरे पार्टी छाड्ने चेतावनी



अ+ अ-

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै ४७ जनाले उजुरी दिएका छन् ।

चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवारलाई हराएको भन्दै न्यौपानेबिरुद्ध पार्टिका ४७ जना नेता/कार्यकर्ताले उजुरी दिएका हुन् ।

स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर-१ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेशसहित ४७ जना नेता/कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाएको छ ।

सभापति न्यौपानेले रास्वपाका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँको घरमा गएर विभिन्न प्रलोभनमा पारेको उक्त उजुरी पत्रमा उल्लेख गरेको छ । सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने पत्रमा उल्लेख गरेको छ ।