२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल: नेदरल्यान्ड्स क्वाटरफाइनलमा



अ+ अ-

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजदेखि शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा हिजो भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३(१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एकरएक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।

खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अत्तिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २(० को अग्रता लियो ।

खेलको ७६औं मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे ।

जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।