
काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको बिरोधमा उत्रिएका प्रदर्शनकारी माथी प्रहरी दम भएको आरोप लगाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा मार्फत अध्यक्ष दाहालले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शनमा उत्रिएकाहरु माथी भएको प्रहरीको दमनको बिरोध गर्दे घाईतेको शिध्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ – विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसी का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ। यस अघि आज बिहान बसेको सत्तागठबन्धनको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने सहमति पछि सरकारले पेश गरेको थियो ।