८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पर्यटन प्रबर्द्धनमा बाघको पनि महत्त्वपूर्ण भूमिका छ : प्रधानमन्त्री देउवा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बाघको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले  संसारबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबर्द्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

उनले बासस्थान संरक्षण गर्न, चोरी  निकासी रोक्न सरकार प्रतिबद्ध रहेको बताउदै बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताएका हुन्।  

बाघको चोरी सिकारी रोक्न नेपाली सेनाबाट भइरहेको नियमित गस्ती लगायतका काम प्रशंसायोग्य रहेको उल्लेख गर्दै बाघ संरक्षणका लागि स्थानीयलाई नै परिचालन गराउँदा स्थानीयमा रोजगारीको पनि सिर्जना हुने बताए । 

बाघ र मानवबीच बेला बेलामा द्वन्द्व उत्पन्न हुने बताउँदै बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउन जोड दिए । 




न्यूजपोलारबाट थप समाचार