१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीमा सकस: भुसालको बिज्ञप्ति प्रति न्यौपाने आपत्ति,खोले एकगल्ती छोपे तीन गल्ती



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले शुक्रबार दिउसो एक बिज्ञप्ति सार्वजनिक गर्नुभयो ।

बिज्ञप्तिमा उहाँले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभएको थियो ।

तर भुसालले निकालेको बिज्ञप्ति प्रति पार्टीकै अर्का बरिष्ठ नेता मुकुन्द न्यौपाने माओवादी संग पार्टी एकता गर्ने निर्णय नै गरिसकेको निर्णय सार्वजनिक गरिदिनु भएको छ ।

सामाजिक संञ्जालमा न्यौपाने लेख्नु भएको छ –

खोले एकगल्ती छोपे तीन गल्ती

श्रावणमा माओवादी संग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर माओवादी संग छलफल गरेर आएका अध्यक्षको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चारदिन सम्म तिनकुने समाजवादीको पार्टी कार्यलयमा वैठक बस्यो।

तर वैठक लगातार छ बिषय केही छैन।चारदिन पछि चम्पादेवी सारियो।चम्पादेवी सारेपछी सचिव गंगा तुलाधरले अब ‘ माओवादीसंग एकता गरेर जानु पर्छ।एमाले संग मिल्न सकिदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेपछि मैले यसको बिरोध गरेरअसहमति जनाए। मैले भने ‘एमाले बाहेकको एकता भन्नु ‘ कम्युनिष्टआन्दोलन सिद्धाउनु हो।

त्यसपछि कमरेड झलनाथ खनाल र विजय पौडेलले पनि ‘अहिले अलिक राम्ररी छलफल नगरी त्यसो नगरौ’ भनेपछि एकछिन बहसमा तानातान भयो र वैठक बिना निष्कर्ष टुङ्गियो।यो कुरो स्थानीय निकायको चुनावको लगत्तै पछि ‘ समाजवादी र हाम्रोबीच एकता गर्ने कुरा भएको छ अब छिट्टै एकता हुन्छ ‘ भनेर लमजुङमा चुनाव हारेपछी माओवादीका महासचिव देब गुरुङले आफ्नो अन्तरवार्तामा भन्नु भएकोछ।

सुर्खेतको चुनावीसभामा माओवादी का अध्यक्ष प्रचण्डले यहीँ कुरा भनेपछि मैले ‘समाजवादीले नभनेको कुरा प्रचण्ड किन वोल्छन’ भनेर ब्यवसायीको एउटा वैठकमा कुरो उठाए पछि एकजना सदस्यले  ‘आफ्नो कमिटीको वैठकबाट अपानिमा लेखेर सर्कूलर गर्नेअनि प्रचण्डलाई आलोचना गर्ने’ भन्नुभयो मैले कुन वैठकले कैले सर्कुलर पठाएकोछ भनेर सोधे पछि म तपाईंलाई पठादिन्छु भन्नुभयो। पछि बास्तवमा पठाउनुभयो जुन वैठकमा मलाई खवरपनि गरिएको थिएन।

आज यत्रो कसरत पछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो।