१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीमा सकस: भुसालको बिज्ञप्ति प्रति न्यौपाने आपत्ति,खोले एकगल्ती छोपे तीन गल्ती



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले शुक्रबार दिउसो एक बिज्ञप्ति सार्वजनिक गर्नुभयो ।

बिज्ञप्तिमा उहाँले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभएको थियो ।

तर भुसालले निकालेको बिज्ञप्ति प्रति पार्टीकै अर्का बरिष्ठ नेता मुकुन्द न्यौपाने माओवादी संग पार्टी एकता गर्ने निर्णय नै गरिसकेको निर्णय सार्वजनिक गरिदिनु भएको छ ।

सामाजिक संञ्जालमा न्यौपाने लेख्नु भएको छ –

खोले एकगल्ती छोपे तीन गल्ती

श्रावणमा माओवादी संग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर माओवादी संग छलफल गरेर आएका अध्यक्षको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चारदिन सम्म तिनकुने समाजवादीको पार्टी कार्यलयमा वैठक बस्यो।

तर वैठक लगातार छ बिषय केही छैन।चारदिन पछि चम्पादेवी सारियो।चम्पादेवी सारेपछी सचिव गंगा तुलाधरले अब ‘ माओवादीसंग एकता गरेर जानु पर्छ।एमाले संग मिल्न सकिदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेपछि मैले यसको बिरोध गरेरअसहमति जनाए। मैले भने ‘एमाले बाहेकको एकता भन्नु ‘ कम्युनिष्टआन्दोलन सिद्धाउनु हो।

त्यसपछि कमरेड झलनाथ खनाल र विजय पौडेलले पनि ‘अहिले अलिक राम्ररी छलफल नगरी त्यसो नगरौ’ भनेपछि एकछिन बहसमा तानातान भयो र वैठक बिना निष्कर्ष टुङ्गियो।यो कुरो स्थानीय निकायको चुनावको लगत्तै पछि ‘ समाजवादी र हाम्रोबीच एकता गर्ने कुरा भएको छ अब छिट्टै एकता हुन्छ ‘ भनेर लमजुङमा चुनाव हारेपछी माओवादीका महासचिव देब गुरुङले आफ्नो अन्तरवार्तामा भन्नु भएकोछ।

सुर्खेतको चुनावीसभामा माओवादी का अध्यक्ष प्रचण्डले यहीँ कुरा भनेपछि मैले ‘समाजवादीले नभनेको कुरा प्रचण्ड किन वोल्छन’ भनेर ब्यवसायीको एउटा वैठकमा कुरो उठाए पछि एकजना सदस्यले  ‘आफ्नो कमिटीको वैठकबाट अपानिमा लेखेर सर्कूलर गर्नेअनि प्रचण्डलाई आलोचना गर्ने’ भन्नुभयो मैले कुन वैठकले कैले सर्कुलर पठाएकोछ भनेर सोधे पछि म तपाईंलाई पठादिन्छु भन्नुभयो। पछि बास्तवमा पठाउनुभयो जुन वैठकमा मलाई खवरपनि गरिएको थिएन।

आज यत्रो कसरत पछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो।