२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुनेमा कुनै सत्यता छैन: महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

भुसालले आज एक विज्ञप्ति जारी गर्दै एकताको कुरा पूर्णतः निराधार भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।”

महासचिव भुसालले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेबारेमा आफ्नो पार्टी प्रष्ट रहेको तर अहिले त्यस सम्बन्धमा कुनै निर्णय, छलफल, वार्ता र संवाद केही पनि नभएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गरिएको छ ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एकीकृत समाजवादीले आवश्यक थ्रेस होल्ड कटाउने अवस्था देखिएको छैन । थ्रेस होल्ड पूरा नगर्दा सो पार्टी राष्ट्रिय पार्टी नबन्ने भएपछि पार्टीभित्रै असन्तोष र चरम विवाद देखिएको छ ।