२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुनेमा कुनै सत्यता छैन: महासचिव भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

भुसालले आज एक विज्ञप्ति जारी गर्दै एकताको कुरा पूर्णतः निराधार भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।”

महासचिव भुसालले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेबारेमा आफ्नो पार्टी प्रष्ट रहेको तर अहिले त्यस सम्बन्धमा कुनै निर्णय, छलफल, वार्ता र संवाद केही पनि नभएको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध गरिएको छ ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एकीकृत समाजवादीले आवश्यक थ्रेस होल्ड कटाउने अवस्था देखिएको छैन । थ्रेस होल्ड पूरा नगर्दा सो पार्टी राष्ट्रिय पार्टी नबन्ने भएपछि पार्टीभित्रै असन्तोष र चरम विवाद देखिएको छ ।