६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.22

Wind: 2.57

Humidity: 60

Latest
सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’ काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुले पर्खालबाहिर तयारी गरेका हुन्, दलको नेता मै हुन्छ: देउवा



अ+ अ-

काठमाडौँ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै सरकार गठनका लागि दलहरुको आन्तरिक तयारी तीव्र बनेको छ ।

वर्तमान सत्ता गठबन्धनलाई सरकार बनाउनका लागि आवश्यक संख्या पुग्ने अवस्था भएपछि गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको आकांक्षीहरुले आफ्नो सक्रियता बढाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहको सक्रियता निकै बढेको छ । उता पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारेमा सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन ।

महामन्त्री थापाले पटक पटक आफू संसदीय दलको नेताको तयारीमा रहेको बताउँदै आउनुभएको छ भने नेता पौडेलले पनि सहयोगका लागि भन्दै गठबन्धनको अन्य घटक दलका नेताको दैलोमा पुग्नुभएको छ ।

अर्का नेता सिंहले पनि आफू प्रधानमन्त्रीका लागि योग्य रहेको र यस पटक अवसर पाउनुपर्ने भन्दै भेटघाटलाई तीव्रता दिनुभएको छ । यद्यपि वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा शक्ति कसरी बाँडफाँट हुन्छ भने कुनै स्पष्ट खाका सार्वजनिक भएको छैन ।

यसैबीच केही दिनअघि पार्टी सभापति देउवासँग छलफल गरेका कांग्रेसका एक नेताले भन्नुभयो, “देउवा संसदीय दलको नेता र प्रधानमन्त्री छाड्ने मुडमा हुनहुन्न ।” उहाँले प्रधानमन्त्री देउवाको भनाई उद्दृत गर्दै भन्नुभयो, “रामचन्द्रजीलगायत अरु पर्खालबाहिर दौडिएका हुन्, अबको प्रधानमन्त्री र दलको नेता मै हो ।”

नेता खास सहयोगी नेताहरु निर्वाचनमा पराजित भएपछि पार्टीभित्रका विपक्षीसँग आक्रोशित बन्नुभएका देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्वाचनको बेला पार्टीभित्र भएका घात अन्तरघातको पूर्ण विवरण तयार पार्न निर्देशन दिनुभएको ति नेताले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “खाण निर्वाचनमा पराजित भएर काठमाडौँ आउनुभए लगत्तै झण्डै साढे दुई घण्टा उहाँहरु दुई जनाबीच मात्र छलफल भएको थियो ।