४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अरुले पर्खालबाहिर तयारी गरेका हुन्, दलको नेता मै हुन्छ: देउवा

अरुले पर्खालबाहिर तयारी गरेका हुन्, दलको नेता मै हुन्छ: देउवा
अ+ अ-

काठमाडौँ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेसँगै सरकार गठनका लागि दलहरुको आन्तरिक तयारी तीव्र बनेको छ ।

वर्तमान सत्ता गठबन्धनलाई सरकार बनाउनका लागि आवश्यक संख्या पुग्ने अवस्था भएपछि गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको आकांक्षीहरुले आफ्नो सक्रियता बढाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहको सक्रियता निकै बढेको छ । उता पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारेमा सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन ।

महामन्त्री थापाले पटक पटक आफू संसदीय दलको नेताको तयारीमा रहेको बताउँदै आउनुभएको छ भने नेता पौडेलले पनि सहयोगका लागि भन्दै गठबन्धनको अन्य घटक दलका नेताको दैलोमा पुग्नुभएको छ ।

अर्का नेता सिंहले पनि आफू प्रधानमन्त्रीका लागि योग्य रहेको र यस पटक अवसर पाउनुपर्ने भन्दै भेटघाटलाई तीव्रता दिनुभएको छ । यद्यपि वर्तमान सत्ता गठबन्धनको सरकार बन्ने अवस्थामा शक्ति कसरी बाँडफाँट हुन्छ भने कुनै स्पष्ट खाका सार्वजनिक भएको छैन ।

यसैबीच केही दिनअघि पार्टी सभापति देउवासँग छलफल गरेका कांग्रेसका एक नेताले भन्नुभयो, “देउवा संसदीय दलको नेता र प्रधानमन्त्री छाड्ने मुडमा हुनहुन्न ।” उहाँले प्रधानमन्त्री देउवाको भनाई उद्दृत गर्दै भन्नुभयो, “रामचन्द्रजीलगायत अरु पर्खालबाहिर दौडिएका हुन्, अबको प्रधानमन्त्री र दलको नेता मै हो ।”

नेता खास सहयोगी नेताहरु निर्वाचनमा पराजित भएपछि पार्टीभित्रका विपक्षीसँग आक्रोशित बन्नुभएका देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई निर्वाचनको बेला पार्टीभित्र भएका घात अन्तरघातको पूर्ण विवरण तयार पार्न निर्देशन दिनुभएको ति नेताले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “खाण निर्वाचनमा पराजित भएर काठमाडौँ आउनुभए लगत्तै झण्डै साढे दुई घण्टा उहाँहरु दुई जनाबीच मात्र छलफल भएको थियो ।