४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धनगढी तनावग्रस्त, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार

धनगढी तनावग्रस्त, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार
अ+ अ-

काठमाडौँ। धनगढी अहिले तनावग्रस्त बनेको छ । विद्यार्थीहरु निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यलय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासमा प्रहरीले डेढ दर्जनजति अश्रुग्यास प्रहार गरेपछि विद्यार्थीहरु तितरबितर भएका थिए । प्रहरीले विद्यार्थी र महिला गरी ११ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

ग्रेडरको ठक्करबाट १५ वर्षीय चेतना साउदको मृत्यु भएपछि विद्यार्थीले प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको हो । विद्यार्थीहरुले न्याय र दोषीमाथि कडा कारवाहीको माग गर्दै बिहीबार बिहानैदेखि हिंसात्मक प्रदर्शन गरेका थिए ।

उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत साउदको मृत्यु भएपछि सो विद्यालयका विद्यार्थीहरुले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए र उनीहरुले घटनास्थलबाट शवलाई उठाउन दिएका थिएनन् ।

प्रशासनले बिहीबार साँझदेखि नै निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञापछि प्रहरीले शव उठाएर लगेको थियो । त्यसक्रममा विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।